काठमाडौं, मङ्सिर २२ गते । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका दुई जना व्यक्तिको पीसीआर रिपार्ट नेगेटिभ आएको छ। मंगलबार गरेको पीसीआर परीक्षणमा दुवै जनाको रिपार्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय वृद्धको जिन सिक्वासिङ गर्दा मङ्सिर १९ गते कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। दक्षिण अफ्रिका हुँदै नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।
ती विदेशी नागरिक मङ्सिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए। उनीहरू आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्र पूरा गरेको पाइएको थियो । मंसिर ७ गते कोभिड १९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा उनीहरू दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो।