logo
२०८१ मंसिर १२ बुधवार



सोलुखुम्बुमा ५१ हजार बढीले लगाए खोपको पूर्ण मात्रा

स्वास्थ्य |
प्रदेश |


सोलुखुम्बुमा ५१ हजार बढीले लगाए खोपको पूर्ण मात्रा


सन्तोष राउत
सोलुखुम्बु, मङ्सिर २३ गते । पछिल्लो चरणको खोप लगाइसक्दा सोलुखुम्बुमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५१ हजार नाघेको छ । जिल्लामा विभिन्न चरणमा सञ्चालन भएको खोप अभियानमा १८ वर्ष माथिका ५१ हजार १८७ जनालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयकाअनुसार सोलुखुम्बुमा १८ वर्ष माथिको जनसंख्याको यो करिब ७० प्रतिशत रहेको छ । कात्तिक महिनासम्म जिल्लामा ४६ हजार ९८७ जनाले मात्रै पूर्ण खोप लगाएका थिए । जिल्लामा भेरोसेल, कोभिशिल्ड, जोनसन एण्ड जोनसोन, एस्ट्राजेनेका खोप लगाइएको हो ।

अब १२ देखि १७ वर्ष उमेर समुहका किशोरकिशोरीलाई पनि खोप लगाउनेबारे छलफल भइरहेको बताइएको छ । कोरोनाको दोस्रो लहरकाकारण सोलुखुम्बुमा बाह्र जना बढीले ज्यान गुमाइसकेका छन् । खोप लगाउन पाएपछि ढुक्क भएको स्थानीयको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?