logo
२०८१ मंसिर ११ मंगलवार



बालिकाको जटिल शल्यक्रिया गरेर ट्युमर निकालियो

स्वास्थ्य |


बालिकाको जटिल शल्यक्रिया गरेर ट्युमर निकालियो
कालो कोठी फैलिएर ट्युमर बनेर समस्यामा परेकी एक बालिकाको सफल शल्यक्रिया गरिएको छ ।



सिराज खान
नेपालगञ्ज, मङ्सिर २५ गते । कालो कोठी फैलिएर ट्युमर बनेर समस्यामा परेकी एक बालिकाको सफल शल्यक्रिया गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ बसपार्कका १४ वर्षीया बालिकाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा सफल शल्यक्रिया गरिएको अस्पतालका प्लास्टिक सर्जन डा. विनोद कर्णले जानकारी दिनुभयो । 
कोठी सानो छँदा जन्मजातको लक्षण भन्दै उपचारमा त्यति चासो नदिदाँ फैलिएर यति ठूलाे भएको डा.कर्णले बताउनुभयो । विरामीको टाउकोबाट ४०० ग्रामको ट्युमर झिकिएको उहाँले जानकारी दिनुभयो ।
कोठी जन्मजात हो, केही हुँदैन भन्दै लुकाएर बस्ने गरेका कारण यस्तो समस्या निम्तने गरेको छ । गाउँघरमा जन्मजात आएको चिज काट्नु पर्दैन भन्ने, कोहीले कपालले छेकेको छ भनेर लुकाउने गर्नाले पनि यस्ता समस्या निम्तिने गरेको डा. कर्ण बताउनुहुन्छ ।
गाउँघरमा यस्ता समस्या रहेका अन्य विरामीहरु पनि धेरै रहेको र उपचारको पहुँचमा नरहेको भन्दै आर्थिक अवस्थालगायतकै कारण रोग पालेर नबस्न डा.कर्णले सबैमा आग्रह गर्नुभएको छ ।
आर्थिक अवस्था कमजोर रहेका यस्ता समस्या भएका विरामीहरलाई आफूहरु निःशुल्क उपचार गरेर सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?