दिपकप्रसाद गौतम
वीरगञ्ज, मङ्सिर २७ गते । वीरगञ्ज महानगरपालिकाले अस्पतालबाट निस्कने बिभिन्न किसिमका फोहरको उचित व्यवस्थापन गर्नेभएको छ । वीरगञ्ज महानगरपालिका १६ नगवामा निर्मित ग्रीन हस्पिटल वेस्ट मैनेजमेन्ट सेन्टरको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएसँगै अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुनेभएको हो ।
६ करोड २२ लाख रुपियाँको लागतमा वीरगञ्ज महानगरपालिकाले अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापनका लागि ग्रीन हस्पिटल वेस्ट मैनेजमेन्ट सेन्टरको निर्माण गरेको हो । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सेन्टरको उद्घाट्न गर्नु हुदै अब अस्पतालजन्य फोहरको बर्गिकरण गर्दै व्यवस्थापन गरिने बताउनुभयो ।
“नगरवासीमा अस्पताल एबम् स्वास्थ्य संस्थाबाट निस्कने फोहरको सहीरुपमा व्यवथापन नहुँदा एक खालको त्रास थियो, दुर्गन्धको पनि समस्या थियो । अब भने त्यो त्रास एवम् समस्या हटनेछ” नगरप्रमुख सरावगीले भन्नुभयो ।
उदघाट्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यकारी अधिकृत निश्चलराज पाण्डेले सेन्टरमा कसरी अस्पतालका फोहरलाई व्यवस्थापन गरिन्छ भन्ने जानकारी दिनुभयो ।