काठमाडौं। मङ्सिर २९ गते । ललितपुर महानगरपालिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ ।
महानगरपालिकाले सूचना जारी गर्दै कात्तिक २८ गतेदेखि मङ्सिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकालाई मङ्सिर २७ गतेदेखि पुस ५ गतेसम्म दोस्रो डोज लगाउने जनाएको छ।
पहिलो मात्रा खोप लगाएका व्यक्तिले पाटन अस्पतालमा तोकेको समयमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन जान महानगरपालिकाले आग्रह गरेको छ।
खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको कार्ड लिएर जान महानगरपालिकाले आग्रह गरेको छ ।