logo
२०८१ मंसिर ८ शनिवार



लमजुङमा ८९ प्रतिशत नागरिकले पूर्ण खोप लगाए

स्वास्थ्य |
प्रदेश |


लमजुङमा ८९ प्रतिशत नागरिकले पूर्ण खोप लगाए


बेलिना थापा
लमजुङ, मङ्सिर २९ गते । लमजुङमा ८९ प्रतिशत नागरिकले कोरोना भाइरस (कोभिड १९) विरुद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्ष माथिका ९९ हजार ९ जना नागरिकलाई पूर्ण मात्राको खोप लगाउने लक्ष्य रहेकोमा ८८ हजार ३ सय ८३ अर्थात ८९ प्रतिशत नागरिकलाई पूर्ण खोप वितरण गरिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

हालसम्म लमजुङका ९५ हजार ८ सय ४ जना अर्थात ९६ प्रतिशत नागरिकलाई पहिलो मात्राको खोप वितरण गरिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो । उहाँकाअनुसार पहिलो खोप पाइसकेको तर दोस्रो खोप लगाउन बाँकी रहेका ३ हजार ३ सय ५ जनालाई पनि छिट्टै खोप वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

लमजुङका सवै नागरिकलाई पूर्ण मात्राको खोप वितरण गर्ने लक्ष्यअनुसार खोप वितरण कार्य सञ्चालन भइरहेको र अपुग खोप प्रदेश र संघ सरकारसँग माग गरिएको दवाडीले बताउनुभयो । लमजुङका ८ वटै स्थानिय तह अन्तर्गत रहेका स्वास्थ्य संस्थामार्फत खोप वितरण गरिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालयकाअनुसार बेंसीशहर नगरपालिकाका २१ हजार ८ सय ७ जनाले पूर्ण खोप लगाएका छन् ।

२३ हजार ८ सय ७ जनाले पहिलो मात्राको खोप लगाएका छन् । पहिलो खोप लगाएका २ सय ४४ जनालाई दोस्रो खोप वितरण गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय लमजुङका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?