काठमाडौँ, मङ्सिर २९ गते । कोरोनाविरुद्धको कोभिशिल्ड करिब १८ लाख भन्दा बढी डोज खोप नेपाल आइपुगेको छ । बुधबार १८ लाख ७१ हजार डोज कोभिसिल्ड आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्रप्रसाद चौरसिया दिनुभयो ।
अहिलेसम्म तीन करोड १४ लाख २० हजार ७३० डोज खोप आइसकेको छ । जसमा ५७ लाख ४५ हजार ५ सय कोभिशिल्ड, एक करोड ७३ लाख ४९ हजार ६ सय भेरो सेल, एक लाख ६२० फाइजर खोप रहेको डा चैरसियाले जानकारी दिनुभयो । त्यस्तै डा चौरसियाका अनुसार ३० लाख ३७ हजार ५६० एस्ट्राजेनेका र ३६ लाख ५१ हजार २ सय मोर्डना खोप नेपालले प्राप्त गरिसकेको छ ।
बिहिबार २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउने
डा चौरसिया अनुसार बिहीबार (भोलि ) २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउँदै छ। भोलि सात लाख १९ हजार ६५० डोज आउने र बाँकी १४ लाख ५७ हजार डोज खोप पर्सि आउने चौरसियाले बताउनु भयो । खोप युनिसेफ मार्फत आउन लागेको हो।
त्यस्तै डिसेम्बर २३÷२४ तारिखमा ६ लाख ६४ हजार फाइजर खोप आउन लागेको डा चौरसिया जानकारी दिनुभयो ।
अन्य खोप पनि आउने पाइप लाइनमा रहेको डा चौरसियाले जानकारी दिनुभयो ।
स्टक खोप कति छ ?
आपूर्ति व्यवस्थापन शाखासँग देशभर कतिमात्रामा खोपको स्टक रहेको छ भन्ने एकिन तथ्यांक छैन ।
तर केन्द्र र प्रदेशमा गरेर ६७ लाख ३२ हजार ८ सय ७३ डोज खोप स्टक रहेको अनुमान गरिएको डा चौरसियाले जानकारी दिनुभयो ।
कतिपय दुर्गम जिल्लाबाट खोपको लगाएको विवरण ढिला प्राप्त हुने र पालिका र जिल्लाहरुमा पनि कति मात्रामा खोप रहेको छ भन्ने तथ्यांक शाखासँग छैन । त्यसैले पनि नेपालमा कति मात्रामा खोप स्टक रहेको छ भन्ने एकिन तथ्यांक छैन ।
कतिले खोप लगाए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप सुरु भएदेखि मङ्गलबारसम्म दुई करोड ९ लाख ९५ हजार ५ सय ३६ मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्त डा समिरकुमार अधिकारीले जानकरी दिनुभयो ।
कुल जनसंख्यामा ३८ Þ३ प्रतिशतले पहिलो मात्रा र ३०.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
त्यस्तै लक्षित समुहको ५८ Þ४ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
लक्षित समुहरुले कुन प्रदेशमा कति खोप लगाए
प्रदेश १ मा ४७ प्रतिशतले एक मात्रा र ४३ प्रतिशले दोस्रो मात्रा खोप लगाएका छन् ।
प्रदेश २ मा ३६ प्रतिशत एक मात्रा र ३२ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् ।
बाग्मती प्रदेशमा ७४ प्रतिशतले एक मात्रा र ६९ प्रतिशतले दुई मात्रा खोप लगाएको तथ्यांक रहेको छ ।
गण्डकी प्रदेशमा ७८ प्रतिशतले एक मात्रा र ६२ प्रतिशतले दुई मात्रा खोप लगाएका छन् ।
लुम्बिनी प्रदेशमा ६७ प्रतिशले एक मात्रा र ३९ प्रतिशतले एकमात्रा खोप लगाएका छन् ।
कर्णाली प्रदेशमा ४५ प्रतिशतले एक मात्रा र ३३ प्रतिशतले दुई मात्रा खोप लगाएका छन् ।
सुदुर पश्चिममा ५५ प्रतिशतले एक मात्रा र ४२ प्रतिशतले दुई मात्रा खोप लगाएका छन् ।
खोप १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको हो ।
सरकारले खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको छ ।
रष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी (क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका नागरिक) लाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहाल जानकारी दिनुभयो ।
सरकारले दैनिक २ लाख डोज खोप लगाउने लक्ष्य लिएको छ । तर मन्त्रालयले बुधबार २ हजार ५ सय २३ जनाले मात्र खोप लगाएको जनाएको तथ्यांक रहेको छ । मङ्गलबार २ लाख ३६ हजार ४ सय ८२ जनाले लगाएका थिए ।