logo
२०८१ जेष्ठ ४ शुक्रवार

  दृश्य समाचार  



जाडोमा ज्येष्ठ नागरिककाे स्याहार कसरी गर्ने ?

स्वास्थ्य |
भिडियो |


जाडोमा   ज्येष्ठ नागरिककाे स्याहार कसरी गर्ने ?


सृजना खत्री, मनोजरत्न शाही र केशब गुरुङ्ग
काठमाडौं, मङ्सिर २६ गते । ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी देखिने गर्छ । जाडो समयमा ज्येष्ठ नागरिकलाई निमोनिया, दम, उच्च रक्तचापका साथै अन्य दीर्घरोग बढ्ने ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेले जानकारी दिनुभयो । डा‍‍. कँडेलका अनुसार जाडोमा जोर्नीसम्बन्धी समस्याले पनि धेरै दुःख दिनेगर्छ ।

डा कँडेलका अनुसार चिसोका कारण हिमाल र शीत लहरका कारण तराईमा वृद्धवृद्धाको मृत्यु हुने गर्दछ। त्यसैले त्यहाँ बस्ने मानिसले न्यानो भएर बस्नु पर्दछ। न्यानो कपडा लगाएर र तातो खानेकुरा खाने गर्नाले जाडोबाट बच्न सकिन्छ।

मौसमी फलफूल, दही र सागपात खाँदा चिसो लाग्छ भन्ने गलत बुझाइ छ । तर त्यसमा कुनै वैज्ञानिक सत्य छैन । हाम्रो शरीरलाई अन्य समयमा जस्तै जाडोमा पनि मिनिरल, भिटामिन जरुरी हुन्छ । त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल र सागपात खान दिनुपर्ने डा कँडेल बताउनुहुन्छ । आमा–बुबाको स्वास्थ्य स्थिति कस्तो छ भनेर ध्यान दिने, बेलाबेलामा स्वास्थ्य जाँच गराउने, तातो लुगा लगाइदिने, तातो र पौष्टिक खाना बनाएर खुवाउने कामलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।

‘आगो, हिटर ताप्नुपर्छ तर आगो, हिटर ताप्दा सबै झ्याल–ढोका थुनेर बस्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यसले गर्दा झन् धेरै स्वास्थ्य समस्या निम्तिने गर्दछ । त्यसैले कोठामा हावा छिर्न दिनुपर्छ ।’ ६० वर्ष उमेर पुगिसकेका वृद्धवृद्धाले निमोनिया र फ्लुबाट बच्न वर्षको एक पटक निमोनिया र फ्लु विद्धको खोप लगाउन डा.कँडेले सुझाव दिनुहुन्छ । साथै दीर्घ रोगीहरुले डाक्टरको सल्लाह बमोजिम नछुटाई औषधि खानुपर्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?