logo
२०८१ मंसिर ११ मंगलवार



विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने तयारी

स्वास्थ्य |


विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने तयारी


काठमाडौँ, पुस १ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको छ । चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आज आयोजित कार्यक्रममा उहाँले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको हो ।

मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । कलेजका अध्यक्ष गेहेन्द्र लामाले कितावी ज्ञानसँगै कलेजले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभयो । कलेजका प्राचार्य राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त वातावरणका लागि भौतिक पूर्वाधार र निर्माणमा विशेष चासो देखाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?