क्वालालम्पुर, पुस ७ गते । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।
मङ्गलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ ।