काठमाडौँ, पुस ७ गते । सरकारले विदेश जाने यात्रुलाई लक्षित गरेर जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरेको छ। एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप बुधबारबाट उपत्यकामा लगाउन सुरु गरिएको हो ।
उपत्यकाका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार जोन्सन एण्ड जोन्सन खोप सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, निजामती अस्पताल, नयाँ बानेश्वर, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, प्रसुति गृह, थापाथली र टेकु अस्पतालबाट लगाउने व्यवस्था गरिएको छ ।
प्रदेशमा पनि जोन्सन एण्ड जोन्सन खोप लगाउन निर्देशन दिइसकेको दाहालको भनाइ छ ।