logo
२०८१ मंसिर ११ मंगलवार



२४ घण्टामा दुई लाख ५५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

स्वास्थ्य |


२४ घण्टामा दुई लाख ५५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप
फाइल तस्बिर


काठमाडौँ, पुस १० गते । पछिल्लो २४ घण्टामा दुई लाख ५५ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ५५ हजार ४५८ जनाले खोप लगाएका हुन् । योसँगै मन्त्रालयका अनुसार दुई करोड ३० लाख ९५ हजार ६४७ डोज खोप लगाइएको छ । नेपालले अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार ९२७ डोज खोप ल्याएको छ ।

२४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।

्२४ घण्टामा २२६ जना डिस्चार्ज हुँदा कोरोनाले थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ । अहिले देशभर चार हजार ९७८ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म ८ लाख १० हजार ४९७ जना निको भएका छन् ।
यो संक्रमितको ९८ प्रतिशत हो ।

अहिलेसम्म ४८ लाख १३ हजार ३५० जनाको पीसीआर परीक्षण भएको छ भने आठ लाख १२ हजार ८५ जनाको एन्टिजेन परीक्षण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?