logo
२०८१ मंसिर ८ शनिवार



गाउँपालिकाको शिविरमा ५ सय ५२ जना लाभान्वित

स्वास्थ्य |
प्रदेश |


गाउँपालिकाको शिविरमा ५ सय ५२ जना लाभान्वित


बेलिना थापा
लमजुङ, पुस १८ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ५ घेर्मुमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ५२ जना नागरिक लाभाविन्त हुनुभएको छ । मस्र्याङदी गाउँपालिकाले नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सञ्चालन गरेको शिविरमा नागरिक लाभान्वित हुनुभएको हो ।

स्थानीय नागरिकलाई सेवा प्रदान गर्न घेर्मु स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा आँखा सम्बन्धि १ सय ३० जनाले सेवा लिनुभएको आयोजकले बताएको छ । दाँतसम्बन्धी १ सय ३० जना, महिला रोग सम्बन्धी ५२ जनाले सेवा लिनुभएको छ ।

ल्याब परीक्षण १ सय ११ जना, सामान्य स्वास्थ्य परीक्षण १ सय २२ जनाले लिएको शिविरमा प्राविधिक सहयोग लिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार शिविरमा मनोसामाजिक परामर्श सेवा ७ जनाले सेवा लिनुभएको छ ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्रका नागरिकलाई सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको बताउनुभयो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिक तथा जेष्ठ नागरिकलाई सहज होस् भनी शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । विकट क्षेत्रका नागरिकलाई मध्यनजर गरी सञ्चालन गरिएको बताउनुभयो ।

जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले शिविरको बारेमा प्रकाश पार्नुभएको थियो । अस्पतालको बार्षिक कार्यक्रम अन्तर्गत अस्पतालको पहँुचभन्दा बाहिर रहेका जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत शनिबमार घेर्मुमा शिविर सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा मस्र्याङदी गाउँपालिका ५ का अध्यक्ष लेखमान गुरुङ, वडा ७ का अध्यक्ष युवा घलेलगायतको उपस्थिति थियो । गाउँपालिकाले उक्त शिविर जिल्ला अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको हो ।

अस्पताल प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा गएको स्वास्थ्यकर्मी टोलीले महिला रोगसम्बन्धी, दाँत सम्बन्धी, आँखा सम्बन्धी, ल्याब परीक्षण, परामर्श तथा समान्य जाँच गरिएको छ । शिविरमा अस्पतालका १६ जना विशेषज्ञहरुले सेवा प्रदान गर्नुभएको थियो । गाउँघरमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाउँदा नागरिक खुसी भएका छन् । शिविरमा वडा. ४, ५ र ६ का नागरिकले सेवा लिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?