काठमाडौं, पुस २६ गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पीसीआर परीक्षण विधि र र एन्टिजेन परीक्षण विधिबाट देशभरमामा एक हजार ४४६ जनामा कोरोना पृष्टि भएको छ ।
मन्त्रालयको तथयांक हेर्दा काठमाडौं उपत्यकामा मात्रै ६०.५८ प्रतिशत संक्रमित पृष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा भक्तपुरमा ६५, ललितपुरमा १३६ काठमाडौंमा ६७५ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार ६७५ जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ५८ हजार ४६२ जनामा कोरोना पृष्टि भएको छ।
जसमा २ लाख ५३ हजार ५६५ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या २२ सय ४२ पुगेको छ। सक्रिय संक्रमित २ हजार ६५५ रहेका छन्।
भक्तपुरमा अहिलेसम्म ३० हजार ६२५ जनामा कोरोना पृष्टि भएको छ। जसमा २९ हजार ५५४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मृत्यु हुनेको संख्या ४३८ पुगेको छ। भने सक्रिय संक्रमित ६६३ जना रहेका छन्।
ललितपुरमा अहिलेसम्म ५१ हजार ८८४ जनामा कोरोना पृष्टि भएको छ। जसमध्ये ५० हजार २७५ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७०९ छ भने ९०० सक्रिय संक्रमित रहेका छन्।