logo
२०८१ मंसिर ७ शुक्रवार



रेडक्रसद्वारा पाँच हजार थान माक्स हस्तान्तरण

स्वास्थ्य |
प्रदेश |


रेडक्रसद्वारा पाँच हजार थान माक्स हस्तान्तरण


दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस २८ गते । जिल्ला विपत व्यवस्थापन समिति पर्साका संयोजक पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई नेपाल रेडक्रस सोसायटी पर्सा शाखाले ५ हजार थान माक्स हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसायटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेलसहितको टोली जिल्ला प्रशासन कार्यालयमा गएर जिल्ला विपत व्यवस्थापन समिति पर्साका संयोजक प्रमुख जिल्ला अधिकारी ढकाललाई सो माक्स हस्तान्तरण गरेको हो ।

कोभिडको नयाँ भेरियन्टको त्रास बढेसँगै आम मानिसलाई माक्सको उपलब्धता सहज होस र माक्स लगाउने बानी विकास होस भनी उक्त परिमाण माक्स हस्तारन्तरण गरिएको नेपाल रेडक्रस सोसायटी पर्सा शाखाका सभापति कंडेलले बताउनुभयो ।

कोरोनाको पहिलो अनि दोस्रो लहरका समयमा पनि नेपाल रेडक्रस सोसायटी पर्सा शाखाले जिल्ला सदरमुकाम वीरगञ्ज एंव जिल्लाका ग्रामिण क्षेत्रमा पनि माक्स वितरण गरेको थियो । ग्रामिण क्षेत्रमा पनि माक्स वितरण गरिने सभापति कंडेल गोरखापत्रलाई बताउनुभयो । माक्स हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसायटी पर्सा शाखाका महामन्त्री शैलेन्द्र चौरसिया, कोषध्यक्ष महन्थ यादवलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?