गोरखापत्र अनलाइन
काठमाडौं,पुस २९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको भन्दै रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि निर्देशन दिएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
साथै करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्न सकिने सचिवस्तरीय निर्णय भएको एक विज्ञप्तिमार्फत जनाइएको छ ।