logo
२०८१ जेष्ठ ५ शनिवार



भारतबाट फर्केकामध्ये २२७ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य |
प्रदेश |


भारतबाट फर्केकामध्ये २२७ जनामा कोरोना संक्रमण पुष्टि


अविनाश चौधरी
धनगढी, पुस २९ गते । सुदूरपश्चिमको विभिन्न नाका भएर बिहीबार भारतबाट स्वदेश फर्केकामध्ये २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट नाकाबाट फर्किएका दुई हजार ७० जनामध्ये एक हजार ९३१ जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयकाअनुसार गौरीफन्टा नाकाबाट फर्किएकामध्ये १११, गड्डाचौकीमा १०५, झुलाघाट नाकाबाट फर्किएका ६ र पुलघाट नाकाबाट फर्किएका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । फर्किएका केही व्यक्ति परीक्षण नगराई भित्रिएको स्थानीयले बताएका छन् ।

प्रदेशभरि बिहीबार ३१८ जना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएको छ । भारतबाट फर्किरहेका नेपालीमा बढी सङ्क्रमण देखिदैंआएकोमा दुई तीन दिनदेखि समुदायमा पनि सङ्क्रमण बढ्न थालेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?