logo
२०८१ मंसिर ७ शुक्रवार



बन्दभएका कोभिड अस्पताल पुनः सञ्चालनमा ल्याइँदै

स्वास्थ्य |
प्रदेश |


बन्दभएका कोभिड अस्पताल पुनः सञ्चालनमा ल्याइँदै


अमरराज नहर्की
तनहुँ, माघ ३ गते । तनहुँमा बन्द भएका कोभिड अस्पताल पुन ः सञ्चालनमा ल्याईने भएको छ । जिल्लामा कोभिड सङ्क्रमण बढ्न थालेपछि जिल्लाका १० वटा स्थानीय तहमा रहेका १२ वटा कोभिड लक्षित अस्पतालमा १७० वटा कोभिड बेड पुनः सञ्चालनमा ल्याउने निर्णय भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

‘‘कोभिडको सङ्क्रमण बढेकाले कोभिड बेड पुनः सञ्चालनमा ल्याउने र परिक्षण दायर फराकिलो बनाउने निर्णय भएको छ’’ अधिकारीले भन्नुभयो । उहाँकाअनुसार भानु नगरपालिकामा १७, व्यास नगरपालिकामा २५, व्यास नगरपालिकास्थित दमौली अस्पतालमा २५, शुक्लागण्डकी नगरपालिकामा १०, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ३०, भिमाद नगरपालिकामा ८ बेड सञ्चालनमा ल्याइने निर्णय भएको छ ।

यसैगरी गाउँपालिकाहरु म्याग्दे, घिरिङ, देवघाट गाउँपालिकामा ५–५ वटाका दरले विरामीको उपचारको लागि वेड राखिने भएको छ । बन्दीपुर गाउँपालिकामा १५ र आँबुखैरेनी गाउँपालिकामा २० वेड सञ्चालन गरिने भएको छ ।

गत वर्ष कोरोना सङ्क्रमण बढेपछि जिल्लाका सबै स्थानीय तहले स्वास्थ्यकर्मीसहित कोभिड अस्पताल सञ्चालनमा ल्याएका थिए । पूनः स्वास्थ्यकर्मीसहितको बेड सञ्चालनमा ल्याइन लागिएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?