logo
२०८१ मंसिर १० सोमवार



ललितपुरमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकका लागि खोप केन्द्र ताेकियाे

स्वास्थ्य |


ललितपुरमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकका लागि खोप केन्द्र ताेकियाे


काठमाडौँ, माघ ४ गते । स्वास्थ्य कार्यालय ललितपुरले आजबाट विभिन्न ३० स्थानबाट कोभिडविरुद्धको बुस्टर डाेज खोप दिने भएको छ । स्वास्थ्य कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै ललितपुर महानगरपालिका र अन्य पालिकामा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकका लागि खोप लगाउन खोप केन्द्र तोकिएको छ ।
ललितपुरमा खोप अभियान माघ ४ गते देखि माघ ७ गतेसम्म चल्नेछ। बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यलय ललितपुरले जनाएको छ। खोप लगाउन दुवैमात्रा खोप लगाएको काड लगेर जान आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?