logo
२०८१ मंसिर ७ शुक्रवार



बागलुङमा नौ दिनमा पन्ध्र गुणा बढी कोरोनाका बिरामी

स्वास्थ्य |
प्रदेश |


बागलुङमा नौ दिनमा पन्ध्र गुणा बढी कोरोनाका बिरामी


नवीन शिशिर विक
बागलुङ, माघ ७ गते । बागलुङमा कोरोनाको तेस्रो लहर व्यापक रुपमा फैलिएको छ । गत नौ दिन यताको तथ्याङक हेर्ने हो भने यहाँ पन्ध्र गुणा बढी कोरोनाका बिरामी थपिएका छन् । पुस २७ गतेसम्म १६ जनामा सीमित कोरोनाका बिरामी माघ पहिलो हप्ता विहिबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या २५० पुगेको छ ।

पुस अन्तिम साता कोरोना संक्रमण जोखिम विश्लेषणको आधारमा न्युन जोखिम क्षेत्रको सुचिमा सुचिकृत बागलुङ एक हप्ताको अवधिमा उच्च जोखिमतर्फ उन्मुखभएको छ । स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेकाअनुसार जिल्लाका ८५ वटा वडामध्ये साता वटा उच्च जोखिम, ३९ वटा मध्यम जोखिम र ३९ वटा वडा न्युन जोखिमको सुचीमा छन् ।

स्वास्थ्य कार्यालयले शुन्य संक्रमित रहेको वडालाई न्युन जोखिम, सात जनासम्म संक्रमित रहेको वडालाई मध्यम जोखिम र सात जनाभन्दा बढी संक्रमित रहेको वडालाई उच्च जोखिमको सुचिमा राख्नेगरेको छ ।

बागलुङ नगरपालिकाको वडा १, २, ३, ४ र १४ तथा बडिगाड गाउँपालिकाको वडा २ उच्च जोखिमको सुचीमा छन् । यहाँको बागलुङ नगरपालिकामा सबैभन्दा धेरै १३४ जना संक्रमित छन् । जनस्वास्थ्य निरीक्षक घिमिरेकाअनुसार गलकोट नगरपालिकामा ३९, बरेङ गाउँपालिकामा १८, जैमिनी नगरपालिकामा ६, काठेखोला गाउँपालिकामा ६, तमानखोला गाउँपालिकामा ७, ताराखोला गाउँपालिकामा ११, बडिगाड गाउँपालिकामा १८ र जिल्ला बाहिरका ११ जना संक्रमित छन् । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा संक्रमितको संख्या शुन्य छ ।

संक्रमितमध्ये तीन जना धौलागिरि अस्पतालमा उपचाररत छन् । अन्य संक्रमित घरमै रहेको घिमिरेले बताउनुभयो । विहिबार ६७ जना नयाँ संक्रमित थपिएका छन् । चार जना निको भएका छन् । हालसम्म ७२ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?