logo
२०८१ मंसिर १० सोमवार



उपत्यकामा थपिए पाँच हजार ९९ सङ्क्रमित, सक्रिय सङ्क्रमित ४२ हजार

स्वास्थ्य |


उपत्यकामा थपिए पाँच हजार ९९ सङ्क्रमित, सक्रिय सङ्क्रमित ४२ हजार


काठमाडौं, माघ ७ गते । काठमाडौं उपत्यकामा मात्र २४ घण्टामा पाँच हजार २९९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार २७९, लतिपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा सङ्क्रमण पुष्टि भएसँगै उपत्यकामा पाँच हजार २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ६८८ पुगेको छ । ललितपुरमा सात हजार १४५ र भक्तपुरमा चार हजार २२३ सक्रिय सङ्क्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ हजार ५६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा तीन जनाको मृत्यु भएको छ भने ७६६ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ रहेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन लाख ७ हजार ४०१ हजार २१४ जनाले खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?