logo
२०८१ मंसिर ७ शुक्रवार



गाउँमै स्वास्थ्य चौकी बनेपछि स्थानीयलाई सहज

स्वास्थ्य |
प्रदेश |


गाउँमै स्वास्थ्य चौकी बनेपछि स्थानीयलाई सहज


अमरराज नहर्की
तनहुँ, माघ ९ गते । सामान्य बिरामी हुँदा समेत उपचारको लागि टाढा धाउनु पर्ने बाध्यताबाट भिमाद नगरपालिका वडा नं.७, ८ र ९ का बासिन्दाले मुक्ति पाएका छन् । तीन वडाका बासिन्दालाई उपचारको लागि पायक पर्ने गरी वडा नम्बर ८ को भानुमतीमा भानुमती स्वास्थचौकी सञ्चालनमा गाउँवासीलाई उपचारका लागि सहज भएको हो ।

यसअघि बिरामी हुदाँ उपचारका लागि दुई घण्टा टाढा भिमाद बजारसम्म पुग्नुपर्ने र समयमा गाडी नपाउँदा रिजर्भ गर्नुपर्ने वा हिड्नुपर्ने स्थानीयको बाध्यता थियो । स्वास्थ्यचौकीमा औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीय अब बिरामी हुँदा उपचार अभाव नहुने विश्वास गरेका छन् ।

स्वास्थ्य चौकीको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले हालै त्यसको उद्घाटन गर्नुभयो । स्वास्थ्यको पहुँच गाउँसम्म पु¥याउने सरकारको अभियानलाई पूर्ण बनाउन भानुमतिमा स्वास्थ्यचौकी स्थापना गरिएको नगरप्रमुख थापाले बताउनुभयो । नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार प्रतिबद्ध छ भन्ने कुरालाई व्यवहारमा देखाउन स्वास्थ्यचौकी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीको सेवा प्रवाहमा हुने समस्या समाधानका लागि नगरपालिका सचेत रहेको नगरप्रमुख थापाले बताउ नुभयो । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्यको अधिकार प्रत्याभूत गराउन स्वास्थ्यचौकी निर्माण गरिएको भिमाद नगरपालिकाले जनाएको छ ।

स्वास्थ्यचौकीबाट बर्थिङ सेवाको लागि अनमीसहित पाँच जनाको दरबन्दी रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चौकीबाट भिमाद नगरपालिका ७ र ८ का ग्रामीण भेग र वडा– ९ का वडाबासी लाभान्वित हुने उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ । वडा ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले घरदैलोमा नै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयमा खुसी छाएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?