logo
२०८१ मंसिर ७ शुक्रवार



कर्णाली प्रतिष्ठानका ३० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

स्वास्थ्य |
प्रदेश |


कर्णाली प्रतिष्ठानका ३० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


नेत्र शाही
खलङ््गा माघ ९ गते  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्ष्ण देखिएका व्यक्तिलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको   हो । प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार तेस्रो लहरमा ५२ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ३० जना कर्णाली प्रतिष्ठानका कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीलाई कोरोना संक्रमण भएको छ ।

मेडिकल रेकर्डर बुढाका अनुसार लक्ष्ण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ । सवैलाई परीक्षण गराउने हो भने अस्पताल प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाइएको हो । प्रतिष्ठानले पछिल्लो समय पीसीआरबाट १५ जना र एन्टिजनबाट ३७ जनाको परीक्षण गरिएको थियो ।

शुक्रवार १७ जनाको पीसीआर गरेकोमा १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । प्रतिष्ठानमा तेस्रो लहर शुरु हुँदा १०७ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा एन्टिजनबाट ९० जना र पीसीआरबाट १७ जनामा परीक्षण गरिएको छ । यसैगरी कर्णाली प्रतिष्ठानको आईसियूमा चार जना अहिले उपचार गराइरहनुभएको छ । एक जना स्वास्थ्यकर्मी आईसियुबाट डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले धेरै व्यक्तिको अवस्था सामान्य भएको र स्वास्थ्यकर्मीलाई नै पोेजेटिभ देखिएकाले अब थप योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । सेवा प्रभावित हुन नदिनेतर्फ अस्पतालले तयारी गरेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि समुदायमा त्रास बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?