logo
२०८१ जेष्ठ ५ शनिवार



स्वास्थ्यकर्मी सन्क्रमित भएपछि भरतपुर अस्पतालको सेवा बन्द

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्यकर्मी सन्क्रमित भएपछि भरतपुर अस्पतालको सेवा बन्द


शालिग्राम नेपाल
चितवन, माघ ९ गते । भरतपुर अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरु धमाधम संक्रमित हुन थालेपछि विशेष ओपिडी (जिओपिडी) र नियमित अप्रेशन (शल्यक्रिया) सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले एक सूचना प्रकाशित गरी जिओपिडी र नियमित अप्रेशन सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।


आकस्मिक शल्यक्रिया सेवा भने २४ घण्टा हुने जनाइएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलकाअनुसार हालसम्म ७७ जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरु संक्रमित भएका छन् । उहाँले भन्नुभयो “अरु धेरैमा लक्षणहरु देखिएका छन् । थप संक्रमित हुनेक्रम जारी छ ।”

चिकित्सक, नर्स, कर्मचारी , सरसफाइका कर्मचारीमा संक्रमण भएपछि अस्पतालको नियमित सेवा दिन कठिन भएको अस्पतालको भनाई छ । अस्पतालमा सन्चालन हुँदैआएको नर्सिङ कार्यक्रमको अध्यापन बन्द भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?