logo
२०८० चैत्र १५ बिहीवार



धनगढीमा घरमै कोरोनाविरुद्धको खोप

स्वास्थ्य |
प्रदेश |


धनगढीमा घरमै कोरोनाविरुद्धको खोप


अविनाश चौधरी
धनगढी, माघ १५ गते । कैलालीको धनगढी उपमहानगरपालिकामा घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । खोप लगाउन योग्य उमेरका कतिपय व्यक्तिले खोप नलगाएपछि धनगढी उपमहानगरपालिका– १ मा टोल–टोलमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।

कतिपय मान्छेले चाहेर पनि खोप नपाएको र कतिपयले डराएर नलाएका कारण कोरोनाविरुद्धको खोपबाट कोही वञ्चित हुन नपरोस् भनेर वडामा अभियान सञ्चालन गरेर खोप लगाउन थालिएको वडा अध्यक्ष सन्तोष मुडभरीले बताउनुभयो ।

‘मैले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेपछि उहाँहरु आज शनिबार पनि विभिन्न टोलको घरमै पुगेर खोप नलगाएका मान्छे खोज्दै कोरोनाविरुद्धको खोप लगाइरहनुभएको छ’, उहाँले भन्नुभयो । नेपालमा गतवर्ष माघदेखि नै कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको थियो । अभियान सुरु गरिएको एक वर्षको अवधिमा धेरैले खोप लगाइसकेका छन् ।

‘मेरो वडामा त्यस्ता मान्छेलाई खोजेर हामीले कोरोनाविरुद्धको खोप लगाइरहेका छौं’, धनगढी उपमहानगरपालिकाका प्रवक्ता मुडभरीले भन्नुभयो । ‘यो अभियान तीन दिनसम्म सञ्चालन हुन्छ ।’ सो वडामा १४ हजार ३३३ जनसङ्ख्या छ । अहिलेसम्म खोप नलगाएकालाई पहिलो डोज, पहिलो डोज लगाएर बसेकालाई दोस्रो डोज लगाइरहेको वडा अध्यक्ष मुडभरीले बताउनुभयो ।

तेस्रो लहरको सङ्क्रमण सुरु भएपछि अग्रपङ्मक्तिमा खटिने व्यक्तिसहित ज्येष्ठ नागरिकलाई बुस्टर पनि डोज (अतिरिक्त मात्रा) लगाइदैछ । धनगढीमा जिल्ला प्रशासन कार्यालय, बसपार्क, मालपोत कार्यालयजस्ता सार्वजनिक स्थानमा कोरोनाविरुद्धको नियमित खोप लगाउने कार्य नियमित सञ्चालन हुँदैआइरहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब लक्ष्मीराज उपाध्यायले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?