logo
२०८१ बैशाख २० बिहीवार



२४ घण्टामा तीन हजार ३१८ संक्रमित थपिए : ६ जनाको मृत्यु

स्वास्थ्य |
मुख्य समाचार |


२४ घण्टामा तीन हजार ३१८ संक्रमित थपिए : ६ जनाको मृत्यु


काठमाडौं, माघ १५ गते। पछिल्लो २४ घण्टामा तीन हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३३ सय १८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४४ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा १५ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार कुल १४ हजार ५६२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा पाँच हजार ९४२ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। देशभर अहिले सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ। २४ घण्टामा दुई लाख ७२ हजार ७४८ जनाले खोप लगाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?