logo
२०८१ बैशाख २० बिहीवार



उपत्यकामा १८ सय २० संक्रमित थपिए

स्वास्थ्य |
मुख्य समाचार |
समाज |


उपत्यकामा १८ सय २० संक्रमित थपिए
फाइल तस्बिर


काठमाडौं, माघ १५ गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १४०४, लतिलपुर ३०५ र भक्तपुर १११ गरेर २४ घण्टामा १८ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा ३७ हजार ३४, ललितपुरमा १० हजार १२५ र भक्तपुरमा १०१२५ गरेर ५२ हजार ७६४ जना छन्।

अहिलेसम्म उपत्यकामा कोरोनाले तीन हजार ४१७ जनाको मृत्यु भएको छ भने तीन लाख ५६ हजार ५६२ जनाले कोरोना जितेका छन्।

मन्त्रालयका अनुसार कुल १४ हजार ५६२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा पाँच हजार ९४२ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। देशभर अहिले सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ। २४ घण्टामा दुई लाख ७२ हजार ७४८ जनाले खोप लगाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?