logo
२०८१ बैशाख २३ आईतवार



सेती अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

स्वास्थ्य |
प्रदेश |


सेती अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु


अविनाश चौधरी
धनगढी, माघ १६ गते । सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई सङ्क्रमितको आज मृत्यु भएको छ । कैलालीको गौरीगङ्गा नगरपालिकाका ६५ वर्षीय वृद्धा र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय एक पुरुषको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । दुवै जनालाई शनिबार अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो ।

सेती प्रादेशिक अस्पतालको आइसीयुमा पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितलाई भर्ना गरिएको छ । अहिले अस्पतालमा १८ जना सङ्क्रमित उपचाररत छन् । जसमध्ये ६ जनालाई आइसीयु र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा अस्पतालबाट चार जना बिरामी निको भएर घर फर्केको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?