logo
२०८१ मंसिर १० सोमवार



५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने सरकारको तयारी

स्वास्थ्य |


५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने सरकारको तयारी
फाइल तस्बिर


काठमाडौं, माघ १६ गते। सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ।

५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा. मरासिनीले सोही उमेर समूहका बालबालिकालाई लगाउन ८४ लाख फाइजर खोप किन्न प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो।

राष्ट्रिय खोप समितिले ५ वर्षदेखि ११ उमेरका बालबालिका खोप दिन सरकालाई सुझाव दिइसकको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?