logo
२०८१ जेष्ठ ५ शनिवार



हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

स्वास्थ्य |
प्रदेश |


हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप


हुम्ला, माघ १६ गते । कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो ।

हिमपातकाबीच गाउँगाउँमा गएर तेस्रो डोजको खोप लगाउन स्वास्थ्यकर्मीहरू खटाइएका हुन् । जिल्लामा कोभिसिल्ड १४ हजार ४०२, भेरोसिल्ड २० हजार ८००, जोनसोन एक हजार १००, एस्ट्राजेनेका तीन हजार ८९० र मोडर्ना ३७० खोप आइसकेको छ । तेस्रो डोजको खोप लगाउने कार्य सुरु भइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाली प्रहरी, नेपाली सशस्त्र प्रहरी बल, कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरू गरी ३०० जनामा तेस्रो खोप लगाइसकेको र जोसुकैलाई पनि हुम्ला जिल्ला अस्पतालमा तेस्रो खोप लगाउनका लागि खुला गरिएको छ ।

त्यसैगरी हुम्लाको उत्तरी सिमानाको नाम्खा गाउँपालिका– ५ र ६ मा भने अत्यधिक हिमपात भएका कारण त्यसतर्फ स्वास्थ्यकर्मीहरू लाई पठाउन कठिनाइ भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख सिंहले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?