logo
२०८१ मंसिर १० सोमवार



खोपको मौज्दात र खोप लगाएको विवरण चार दिनभित्र पठाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

स्वास्थ्य |


खोपको मौज्दात र खोप लगाएको विवरण चार दिनभित्र पठाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन


काठमाडौं, माघ १७ गते । सरकारले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन सूचना जारी गरेको छ ।
सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २१ गते अपराह्न ३–४ बजेभित्र खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सूचना जारी गरेको हो । कोरोनाविरुद्धको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । विवरण पठाउँदा डीएचएस–२ (स्वास्थ्य सम्बन्धी विश्वव्यापी सूचना प्रणाली) अनुसार पठाउन स्वास्थ्य मन्त्रालयले भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?