logo
२०८१ मंसिर १० सोमवार



तीन हजार ६५७ सङ्क्रमित, आठ हजार २६७ डिस्चार्ज, नौको मृत्यु

स्वास्थ्य |


तीन हजार ६५७ सङ्क्रमित, आठ हजार २६७ डिस्चार्ज, नौको मृत्यु


काठमाडौं, माघ १८ गते । पछिल्लो २४ घण्टामा तीन हजार ६५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा छ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ९२६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल १७ हजार ६७४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर पाँच हजार ५८३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार २६७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ९१.० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७५२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?