logo
२०८१ मंसिर १० सोमवार



उपत्यकामा थपिए १९ सय सात सङ्क्रमित

स्वास्थ्य |


उपत्यकामा थपिए १९ सय सात सङ्क्रमित


काठमाडौं, माघ १८ गते । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं १४०४, लतिलपुर ३०५ र भक्तपुर १९५ गरेर २४ घण्टामा १९ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा २९ हजार ५२०, ललितपुरमा नौ हजार ७२३ र भक्तपुरमा ५ हजार २८८ गरेर ४४ हजार ५३१ जना छन् ।

अहिलेसम्म उपत्यकामा कोरोनाले तीन हजार ४३९ जनाको मृत्यु भएको छ भने तीन लाख ७० हजार १८० जनाले कोरोना जितेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?