logo
२०८१ मंसिर ९ आईतवार



भेरी अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

स्वास्थ्य |


भेरी अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु


सिराज खान
नेपालगञ्ज, माघ २० गते । भेरी अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत शान्तिनगर गाउँपालिका–३ का ८० वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दाङका सङ्क्रमितको बुधबार राति र बाँकेका सङ्क्रमितको बिहीबार विहान मृत्यु भएको बताउनुभयो ।

उहाँले माघ १६ गते कोरोना पुष्टि भएका दाङका पुरुषलाई भएका त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको र माघ १३ गते कोभिड पुष्टि बाँके नेपालगञ्जका सङ्क्रमित पुरुषलाई पनि सोही दिन अस्पताल भर्ना गरिएको बताउनुभयो ।

दुबै जनाको उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआउँदा मृत्यु भएको अस्पतालले जनाएको फोकल पर्सन ओलीले बताउनुभयो ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४४२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने बाँके जिल्लाका ३४८ जनाको कोभिडबाट मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?