logo
२०८१ मंसिर ९ आईतवार



१८ वर्षमाथिका ७० प्रतिशतलाई पूर्ण खोप दिएकाेमा डब्लुएचओद्वारा बधाई

स्वास्थ्य |


१८ वर्षमाथिका  ७० प्रतिशतलाई पूर्ण खोप दिएकाेमा डब्लुएचओद्वारा बधाई


काठमाडौं, माघ २० गते । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ । “सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई ।यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ”, डब्ल्युएचओ नेपालले ट्वीटरमार्फत बधाई दिँदै भनेको छ ।

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?