logo
२०८१ मंसिर ९ आईतवार



२४ घण्टामा साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य |


२४ घण्टामा साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप


काठमाडौं, माघ २२ गते । पछिल्लो २४ घण्टामा साढे पाँच लाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर पाँच लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मुलुकमा एक करोड ७७ लाख ४० हजार ८३५ जनाले एक मात्रा र एक करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै, छ लाख तीन हजार ४०८ जनाले अतिरिक्त खोप लगाएका छन् ।

यसैगरी, शुक्रबार पाँच लाख १३ हजार ५१ जना र बिहीबार दुई लाख ६६ लाख ५४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, बुधबार आठ लाख १५ हजार ७९६ जनाले कोरोना खोप लगाएको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ७७१ जना सङ्क्रमण मुक्त भएका छन् । साथै सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?