logo
२०८१ मंसिर ९ आईतवार



नेपालगञ्जमा थप एक अस्पतालद्वारा सेवा सञ्चालन

स्वास्थ्य |
प्रदेश |


नेपालगञ्जमा थप एक अस्पतालद्वारा सेवा सञ्चालन


सिराज खान
नेपालगञ्ज, माघ २३ गते । कोरोना महामारी शूरु भए यता स्वास्थ्य उपचार र सेवा सुविधाको क्षेत्रमा एकपछि अर्को गरेर फड्को मारिरहेको नेपालगञ्जमा थप एक अस्पताल सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका –१० सुर्खेतरोडमा सेन्ट्रल सिटी एण्ड किरणप्रभा यूरो केयर सेन्टर प्रालि नामक विशेषज्ञ अस्पताल आइतवारदेखि औपचारिक रुपमा आफ्नो सेवा प्रवाह सुरु गरेको छ । बरिष्ठ चिकित्सक गोपाल श्रेष्ठ र नेपालगञ्जका पुर्व मेयर विजय गुप्ताले संयुक्त रुपमा सो अस्पतालको उदघाटन गर्नुभयो ।

यसअघि नै अनौपचारिक रुपमा केही सेवा प्रवाह गर्दैआएको सेन्ट्रल सिटी एण्ड किरणप्रभा यूरो केयर अस्पतालले आइतवार सरस्वतीपूजाको अवसर पारेर त्यसलाई औपचारिक रुपमा सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक समेत रहनुभएका यूरोलोजिष्ट डा. दिपेश गुप्ताले बताउनुभयो ।

यूरोका विरामीलाई एउटै छातामुनि सबै सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । यूरो सेवासँगै सर्जरी, मेडिसिन, छाला तथा यौनरोग, प्याथोलोजी, रेडियोलोजी लगायतका सेवा प्रवाह गरिने डा. गुप्ताले बताउनुभयो ।

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत पश्चिम नेपालकै प्रसिद्ध मुत्ररोग विशेषज्ञ डा. दिपेशले यस क्षेत्रको मात्र होइन, कर्णाली र सुदूरपश्चिम प्रदेशको हजारौं विरामीलाई नेपालगञ्जमा बसेर सेवा दिरहनुभएको छ ।

डा. गुप्ताकाअनुसार पछिल्लो समय पिसाव, पत्थरी, प्रोष्टेटका बिरामीको संख्या बढ्दैंगएको छ । त्यतिमात्र होइन, मृगौला प्रत्यारोपण गर्नुपर्ने समस्या भएका विरामी पनि अस्पताल आउनेगरेको उहाँको भनाई छ ।

यस क्षेत्रमा लेजर सर्जरीको अभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा त झन विरामीले सहजरुपमा युरोसँग सम्वन्धित उपचार पाउन सकिरहेका छैनन् । सञ्चालनमा ल्याइएको सेन्ट्रल सिटी एण्ड किरणप्रभा यूरो केयर अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गर्ने डा गुप्ताले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?