logo
२०८१ मंसिर ९ आईतवार



१२ देखि १७ उमेर समूहका ३२ प्रतिशतले लगाए पूर्ण मात्रा खोप

स्वास्थ्य |
पढ्नै पर्ने |


१२ देखि १७ उमेर समूहका ३२ प्रतिशतले लगाए पूर्ण मात्रा खोप


काठमाडौं माघ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सरकारले खोप अभियान सुरु भएदेखि सोमबारसम्म तीन करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप लगाएको छ ।
जसमा पहिलो मात्रा एक करोड ७८ लाख २६ हजार ५९४, पूर्णमात्रा एक करोड ४६ लाख २८ हजार ५३३ र अतिरिक्त मात्रा छ लाख २९ हजार ७४१ जनाले लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
कुुन उमेर समुहका कति खोप लगाए
त्यस्तै सरकारले १८ वर्ष माथिका लक्षित जनसङ्ख्याको एक करोड ९९ लाख २२ हजार १६४ जनालाई चैत मसान्तसम्म खोप लगाउने लक्ष्य लिएको छ ।
अहिलेसम्म सरकारले १८ वर्ष माथिका लक्षित जनसङ्ख्याको ८८.४ प्रतिशत अर्थात एक करोड ७६ लाख तीन हजार १५३ र ७२.७ प्रतिशत अर्थात् एक करोड ४४ लाख ९० हजार ९०२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
१२ देखि १७ उमेर समूहका कतिले लगाए खोप
सरकाले १२ देखि १७ उमेर समूहका ३४ लाख पाँच हजार ४५५ जनालाई कोरोना खोप लगाउने लक्ष्य लिएको छ । जसमा अहिलेसम्म ८० प्रतिशत अर्थात् २७ लाख २९ हजार ५३४ जनाले एक मात्रा र ३२ प्रतिशत अर्थात् १० लाख ९७ हजार ३५८ जनाले पूर्णमात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
कुल जनसङ्ख्या
नेपालले कुल जनसङ्ख्याको दुई करोड ९१ लाख ९२ हजार ४८० जनालाई खोप लगाउने लक्ष्य लिएको छ । तर अहिलेसम्म कुल जनसङ्ख्याको ७०.६ प्रतिशत अर्थात दुई करोड छ लाख सात हजार ११५ जनाले एक मात्रा र ५३.३ प्रतिशत अर्थात् एक करोड ५६ लाख २८ हजार ५३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
बालबालिकाको खोप प्रक्रियामा
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा सरकारले नेपालमा पनि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको हो । बालबालिकाहरुलाई लक्षित गरी सरकाले फाइजर खोप खरिदको काम अगाडि बढेको जनाएको छ । बालबालिकाहरुलाई पुग्ने ८४ लाख डोज खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको हो । बालबालिकाहरुलाई दुई महिना भित्र खोप लगाउने जनाएको छ।
सरकारले अहिलेसम्म विभिन्न माध्यमबाट चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?