logo
२०८१ जेष्ठ ४ शुक्रवार



स्वास्थ्य भवन बनेपछि सेवा प्रवाह सहज

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्य भवन बनेपछि सेवा प्रवाह सहज


भोटराज राई
उदयपुर, माघ २६ गते । उदयपुरको त्रियुगा नगरपालिका –१३ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनेपछि सेवा प्रवाहमा सहज भएको छ । नयाँ भवन बनेपछि सोही भवनबाट स्वास्थ्य सेवा सञ्चालन भएको वडाध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।

नगरपालिकाको आप्mनै बजेटमा स्वास्थ्य भवन बनेपछि सेवा प्रवाहमा सहजता आएको हो । नगरपालिकाले हरेक वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य भवन निर्माणमा जोड दिएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

वडा सचिव भिमा राईकाअनुसार भवन चर्पी, बाथरुमसहित चारकोठे पक्की भवन निर्माण भएको छ । सो भवनमा छुट्टै स्वास्थ्य शाखाको सेवाहरु सञ्चालन भएका छन् । विरामी चेकजाँच, औषधी भण्डारण, वितरण तथा अन्य उपकरण ब्यवस्थापन राम्रो भएको छ ।

आप्mनो भवन नहुँदा वडा कार्यालयकै कोठाबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको थियो । साँघुरो र सीमित कोठाबाट सेवा प्रवाह गर्नुपर्दा कर्मचारी र सेवाग्राहीलाई समस्या भएको थियो । भवनको उद्घाटन मेयर बलदेव चौधरीले एक कार्यक्रमकाबीच गर्नुभयो । प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि भवन अपरिहार्य ठहर गरेर नगरपालिकाले निर्माण गरेको मेयर चौधरीले बताउनुभयो ।

पालिकाको भौगोलिक हिसावले ठूलो सो वडाबासीलाई नयाँ भवनबाट प्रभावकारी सेवा मिलेपछि खुसीयाली छाएको छ । वडा कार्यालयबाटै कम्तिमा आधारभुत स्वास्थ्य सेवा दिदैआएको नगरपालिकाले आगामी दिनमा थप प्रविधिमैत्री बनाउदै जाने जनाएको छ ।

नगरपालिकाले भवन बनाइदिनुका साथै आवश्यक स्वास्थ्य सामग्री तथा औजारहरु उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख युगप्रभा चौधरीले बताउनुभयो । भवन बनेपछि ल्यावसहितको सेवा सञ्चालनमा आएको चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?