logo
२०८० चैत्र १६ शुक्रवार



काभ्रेमा कोरोना सङक्रमण दर घट्यो

स्वास्थ्य |
प्रदेश |


काभ्रेमा कोरोना सङक्रमण दर घट्यो


मधुसुधन तिमल्सिना
काभ्रे, माघ २७ गते । जिल्लामा कोरोना सङक्रमित दर घट्दैगएको पाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार सङक्रमितको दर घट्दै गएको पाइएको हो । स्वास्थ्य कार्यालय काभ्रेकाअनुसार माघ ६ गते एकैदिन २५१ जना कोरोना सङक्रमित भएका थिए । माघ १८ सम्मको ५० भन्दा बढी सङक्रमित हुँदैआएका थिए । तर त्यसपछि भने निरन्तर सङक्रमण दर घट्दैगएको छ ।

बिहीबार ८१ जनाको परीक्षण गर्दा १० जनामा कोरोना सङक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तमराज सेढाइले जानकारी दिनुभयो । उहाँकाअनुसार बुधबार नौ जना, मंगलबार १६ जनामा सङक्रमण देखिएको थियो । बिहीबारसम्म सक्रिय सङक्रमित १३६ रहेका छन् । सङक्रमितमध्ये ३० जना अस्पतालमा उपचारत हुनुहुन्छ भने १०६ जना होम आइसोलेसनमा रहनुभएको सेढाईले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार काभ्रेमा कोरोनाबिरुद्धको खोप लगाउनेको संख्या दुई लाख ४७ हजार ९७३ पुगेका छन । जसमा पुर्ण खोप लगाउनेको संख्या दुई लाख नौ हजार ५५७ छ । जिल्लामा तेस्रो (बुस्टर) डोज लगाउनेको संख्या १६ हजार एकसय २३ रहेको छ ।
भेरोसेल आठ हजार २८० ले लगाएका छन भने कोभिशिल्ड र एस्ट्राजोनिका लगाउनेको संख्या सात हजार ८४३ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?