logo
२०८१ बैशाख ६ बिहीवार



सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने

स्वास्थ्य |
पढ्नै पर्ने |


सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने


काठमाडौं माघ २७ गते । सरकारले १८ वर्ष माथिका सबैलाई प्रथामिकताका आधारमा क्रमश कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बसेको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा बुस्टर डोजको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?