logo
२०८१ जेष्ठ ४ शुक्रवार



संक्रमणबाट दुई जनाको भेरी अस्पतालमा मृत्यु

स्वास्थ्य |
प्रदेश |


संक्रमणबाट दुई जनाको भेरी अस्पतालमा मृत्यु


सिराज खान
नेपालगञ्ज, फागुन १ गते । कोरोना भाइरसको संक्रमणबाट एक युवकसहित दुई जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेकाअनुसार शनिवार साँझ र आइतवार विहान गरेर उपचाररत दुई जना संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकमध्ये एक जना २३ वर्षका युवक रहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले भेरीगंगा नगरपालिका ३ सुर्खेतका ९० वर्षीय पुरुषको शनिवार साँझ र बाँके खजुरा २ का २३ वर्षिय युवकको आइतवार विहान मृत्यु भएको बताउनुभयो ।

उहाँकाअनुसार भेरीगंगा नगरपालिका ३ सुर्खेतका बृद्ध पुरुषलाई कोहलपुर मेडिकल कलेजमा माघ २० गते कोभिड पुष्टि भएको थियो । स्वास्थ्य अवस्था विग्रीएपछि उहाँलाई २२ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकैक्रममा शनिवार साँझ उहाँको मृत्यु भएको हो ।

सोही प्रकारले बाँके खजुरा २ का २३ वर्षिय युवकलाई माघ २७ गते कोभिड पुष्टि भएकोमा सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको पनि उपचारकै क्रममा आइतवार विहान ५ बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।

यो सँगै कोभिड संक्रमणका कारण बाँके जिल्लामा ३५१ जनाको मृत्यु भएको छ । उपचारका लागि बाहिरी जिल्लाबाट यहाँ आएका ४४५ जनाको मृत्यु भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?