logo
२०८१ मंसिर ९ आईतवार



२४ घण्टामा ४८२ सङ्क्रमित, आठको मृत्यु

स्वास्थ्य |


२४ घण्टामा ४८२ सङ्क्रमित, आठको मृत्यु


काठमाडौं, फागुन २ गते । पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल आठ हजार ६९६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ७४७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई हजार ३१९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख १६ हजार ११८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल २० हजार ७३९ जना सक्रिय सङ्क्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?