logo
२०८१ जेष्ठ ४ शुक्रवार



विरामीलाई आयोडिनको महत्वबारे जानकारी

स्वास्थ्य |
प्रदेश |


विरामीलाई आयोडिनको महत्वबारे जानकारी


बेलिना थापा
लमजुङ, फागुन २ गते । जिल्ला अस्पताल लमजुङमा उपचारका लागि आएका विरामीलाई आयोडिन नुनको महत्वबारे जानकारी गराइएको छ । विशेषगरी हजार दिन अन्तर्गत महिला सुत्केरी, गर्भवती महिलालाई मध्यनजर गरी आयोडिनको महत्व बारेमा जानकारी गराइएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठकाअनुसार हाल फेब्रअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइँदै गरेकाले यसबारेमा जिल्लाका विभिन्न स्थानबाट अस्पतालमा सेवा लिन आउने विरामीलाई आयोडिनको महत्वबारे सचेत बनाउन कार्यक्रम गरिएको हो ।

मानव जीवनमा आयोडिनको महत्व बढी रहेकाले यसबारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको श्रेष्ठले बताउनुभयो । अस्पतालमा उक्त कार्यक्रम प्रभावकारी हुने भएकाले स्वास्थ्य कार्यालय लमजुङको आर्थिक सहयोग तथा बेंसीशहर नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

अस्पतालमा चेकजाँच तथा उपचारका लागि आएका गर्भवती, सुत्केरी आमा र अन्य विरामी, विरामी कुरुवा गरी ३९ जनालाई आयोडिनको महत्व, यसको कमिबाट हुने समस्या, लक्षण, समाधानको उपायबारेमा जानकारी गराइएको श्रेष्ठले बताउनुभयो । बेंसीशहर नगरपालिका स्वास्थ्य शाखाका सिनियर अनमी निर्मला पौडेल, हेल्थ असिस्टेन्ट पशुपति ढुंगाना, जिल्ला अस्पतालका अनमी कौशिला रिमाल लगायतले त्यसबारे जानकारी गराउनुभएको थियो ।

गर्भवती महिला, सुत्केरी आमा र बालबालिकाका लागि आयोडिन बढी महत्वपूर्ण भएकाले २ बालबालिकाको चिन्ह भएको आयोनुनको प्रयोग गर्नुपर्ने जानकारी उहाँहरुले गराउनुभएको श्रेष्ठले बताउनुभयो । कार्यक्रममा अस्पतालका कर्मचारी र अस्पताल आएका गर्भवती, सुत्केरी महिला, विरामी, विरामी कुरुवा लगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?