logo
२०८१ बैशाख १७ सोमवार



कोरोना संक्रमित एक जना महिलाको मृत्यू

स्वास्थ्य |
प्रदेश |


कोरोना संक्रमित एक जना महिलाको मृत्यू


नेत्र शाही
जुम्ला, फागुन ११ गते । जुम्लामा कोरोना संक्रमणले एक जना महिलाको मृत्यू भएको छ । चन्दननाथ नगरपालिका ८ निवासी ३३ बर्षिय बाटु सुनारको मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दकाअनुसार सुनारको आज विहान साढे १ बजे निधन भएको हो । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा उहाँको निधन भएको जानकारी गराएको छ ।

प्रहरीकाअनुसार मंगलवार दिउँसो प्रतिष्ठानमा उपचार गर्न आउनु भएको र उपचारको क्रममा आज निधन भएको छ । उहाँको आरडिटि परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । जिल्ला प्रशासनको तथ्यांकअनुसार पछिल्लो समय तेस्रो भेरियन्टमा जिल्लामा १८५ जना संक्रमितमध्ये अस्पतालमा ५ जना उपचाररत रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?