logo
२०८१ बैशाख १७ सोमवार



जिल्ला अस्पतालमा रोकिएको बिशेषज्ञ सेवा सुचारु

स्वास्थ्य |
प्रदेश |


जिल्ला अस्पतालमा रोकिएको बिशेषज्ञ सेवा सुचारु


राजन रावत
हुम्ला, फागुन १२ गते । स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा पूनः सुचारु भएको छ । गत साउनबाट बिशेषज्ञ चिकित्सकले जिल्ला छाडेपछि अबरुद्ध रहँदैआएको सो सेवा नयाँ चिकित्सक जिल्लामा आउनु भएपछि सेवा सुचारु भएको हो ।

कार्यालय प्रमुख प्रेमबहादुर सिंहले नयाँ बिशेषज्ञ चिकित्सक कृशान्त भण्डारी जिल्लामा आएलगत्तै सेवा सुचारु भएको बताउनुभयो । बिशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भइरहेकाबेला कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट स्वास्थ्यका लागि सक्षम प्रणालीको समन्वयमा नयाँ चिकित्सक आउनु भएपछि सेवा सुचारु भएको छ । यसअघि मेडिकल अफिसर जिल्ला अस्पतालमा भएपनि बिशेषज्ञ सेवा सुचारु गर्न कठिन भएपनि अब जटिल केशका बिरामीलाई पनि जिल्लामै उपचार गर्न सम्भब हुने बताउनुभयो ।

गर्भवती महिला सुत्केरी हुन नसक्ने अबस्था आएमा अप्रेशन गर्न पनि सकिने सेवा विस्तार भएको छ । गर्भवतीको जिल्लामै उपचार समेत हुने भएपछि स्थानीय खुशी भएका छन् । यसअघि सो सेवा नहुँदा जटिल गर्भवतीका घटना आएमा हेलिकोप्टर रिजर्भ गरेर प्रदेश अस्पताल सुर्खेत लग्नुपर्ने बाध्यता थियो ।

अस्पतालमा बिशेषज्ञ सेवा भएपनि सडक सञ्जाल नजोडिएका कारण दुरदराजका गाउँबाट जटिल किसिमका व्यथा लागेर सुत्केरी हुन नसकेका गर्भवतीलाई जिल्ला बाहिर लग्नुपर्ने समस्या भने हट्ने छैन । अस्पतालका बरिष्ठ अनमी सरिता बोहराले अन्य साना शल्यक्रिया र जटिलखालका बिरामीको पनि बिशेषज्ञ सेवा सञ्चालनमा आउँदा जिल्लामै उपचार गर्न संम्भब हुने भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?