logo
२०८१ बैशाख २२ शनिवार



उदयपुरमा अब एक जना मात्र संक्रमित निको हुन बाँकी

स्वास्थ्य |
प्रदेश |


उदयपुरमा अब एक जना मात्र संक्रमित निको हुन बाँकी


भोटराज राई
उदयपुर, फागुन १२ गते । उदयपुर कोरोना मुक्तको अवस्थामा पुगेको छ । देशभर तेस्रोचरणमा फैलिएको कोरोनाका सक्रिय संक्रमित विहिबारसम्ममा जिल्लामा अव एक जना मात्र बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कअनुसार तेस्रो चरणमा जिल्लामा ७५८ जना संक्रमित भएकोमा ७५७ जना निको भएर घर फर्केका छन् । होम आइसोलेशनमा बसेका एक जना मात्र अब निको हुन बाँकी छन् ।

जिल्लामा कोरोना लक्षण भएका तथा शंकास्पद ब्यक्तिहरु १ हजार ४७७ जनाको परीक्षण हुँदा ५० प्रतिशत बढीमा कोरोना पुष्टि भएको थियो । ७५८ जना संक्रमित हुँदा दुई जनाको मृत्यु भयो भने बाँकी निको भएको सो कार्यालयले जनाएको छ । जिल्लामा संक्रमितहरु निको .हुनुभएपछि अब एक जना मात्र संक्रमित निको हुन बाँकी रहेको स्वास्थ्य प्रमुख बृजकुमार दासले बताउनुभयो ।

पछिल्लो समय कोरोना खोप लगाएकोले पनि तेस्रो चरणको कोरोना संक्रमण कम घातक देखिएको अनुमान चिकित्सकले गर्नुभएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा विभिन्न समयमा आएको कोरोनाविरुद्धको खोप ८० प्रतिशत जनसंख्याले लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?