logo
२०८१ बैशाख १७ सोमवार



एक्सरे सञ्चालनमा नआँउदा बिरामी मर्कामा

स्वास्थ्य |
प्रदेश |


एक्सरे सञ्चालनमा नआँउदा बिरामी मर्कामा


जीबछ यादव
लहान, फागन १२ गते । लहानदेखि १३ किलोमिर दक्षिण भगवानपुर गाँउपालिकाको स्वाथ्य केन्द्रमा रहेको एक्सरे मेशिन सञ्चालनमा नआउँदा बिरामीलाई मर्का परेको छ । उहाँहरुलाई एक्सरे गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ ।

स्वाथ्य केन्द्रमा एक्सरे आएको पाँच वर्ष हन लागे पनि सञ्चालनमा आएको छैन । एमबीबिएस डाक्टरको दरबन्दी भएपनि एचएको भरमा केन्द्र सञ्चालन रहेको स्थानीयको भनाई छ । दक्षिण ग्रामीण भेगका विरामीहलाई बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन । स्थानीय रामकुमार पण्डितकाअनुसार समान्य विरामीको उपचार हुन नसकेर बिरामीहरुलाई उपचार गराउन लहान, बिराटनगर र भारतको दरभङगा जानुपरेको छ ।

गाउँपालिकाको जिसीबी, ट्याक्टर लगायत गाडीहरु समेत अस्पतालको प्राङगनमा राख्ने गरेकाले स्वास्थ्य केन्द्रमा स्वास्थ्यमैत्री वातावरण नरहेको स्थानीय त्रिलोकीनाथ झाले बताउनभयो । एक्सरे सञ्चालनका लागि प्राविधिक नहुनु, अस्पतालमा प्रहरी चौकी राख्नु, गाउँपालिकाको बैठक, तालिम स्वाथ्य केन्द्रमै हुनु, विगतमा एमबीबीएस चिकित्सक आँउदा सुरक्षा र सामाजिक वातावरण नपाउनुले केन्द्रले सोचेअनसारको सेवा सुविधा दिन नसकेको निमित्त प्रमख एचए राजेश यादवले बताउनुभयो ।

उहाँकाअनसार अहिले पनि दिनहुँ करिब ७० जति बिरामी उपचारको लागि आउनेगरेको केन्द्रको भनाई छ । प्रतिमहिना २० वटा गर्भवति महिलाले प्रसुति सेवा लिनेगरेको केन्द्रले जनाएको छ । कोरोना सङ्ञmमणकालमा स्वास्थ्य बजेट खर्चिनुपरेकाले चाहेअनुसारको बजेट स्वास्थ्य केन्द्रलाई व्यवथापन हुन नसकको गाउँपालिका अध्यक्ष बेचन यादवले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?