logo
२०८१ बैशाख १८ मंगलवार



धौलागिरि अस्पताललाई शववाहन हस्तान्तरण

स्वास्थ्य |
प्रदेश |


धौलागिरि अस्पताललाई शववाहन हस्तान्तरण


नवीन शिशिर विक
बागलुङ, फागुन १५ गते । बागलुङ नगरपालिका बागलुङले धौलागिरि अस्पताललाई शववाहन हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपियाँ गरी कुल १४ लाख २० हजार रुपियाँमा कर छुटसहित शववाहन खरिद गरी हस्तान्तरण गरेको हो । अस्पतालमा शववाहन नहुँदा एम्वुलेन्सले शव बोक्दै आएको थियो ।

कोरोना सङ्कटकालीन अवस्थामा बागलुङ नगरपालिकाले निजी सवारी भाडामा लिएर अस्थायी शववाहनको रुपमा प्रयोग गर्न अस्पताललाई उपलब्ध गराएको थियो । जिल्लाका स्थानीय तह र सरकारी अस्पतालमा शववाहन नभएपछि नगरपालिकाले खरिद गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

निजी सवारीले शव बोक्न नमान्ने र बाध्य भएर बोक्नु पर्ने भएमा बढी शुल्क लिनेगरेको गुनासो बढेपछि नगरपालिकाले स्थानीय जनताको आवश्यकतालाई ध्यानमा राखेर शववाहन खरिद गरेको मेयर पौडेलको भनाइ छ । शववाहन सञ्चालन र व्यवस्थापनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।

‘अब एम्बुलेन्सले शव बोक्नुपर्ने बाध्यता हटेको छ’ अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेलले भन्नुभयो ‘सेवाग्राहीले महँगाे भाडा तिरेर निजी सवारीसाधन प्रयोग अब गर्नुपर्ने छैन ।’ नगरपालिका र अस्पतालले संयुक्तमा कार्यविधि बनाएर शववाहन सञ्चालन हुने बताएको छ । धौलागिरि अस्पतालमा आधुनिक शवगृह निर्माण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?