logo
२०८१ बैशाख १७ सोमवार



नेपालगञ्जमा दूरविनबाट पित्तथैलीको सफल शल्यक्रिया

स्वास्थ्य |
प्रदेश |


नेपालगञ्जमा दूरविनबाट पित्तथैलीको सफल शल्यक्रिया


सिराज खान
नेपालगञ्ज, फागुन १६ गते । नेपालगन्जमा पहिलो पटक दूरविन प्रविधिबाट पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । यसअघि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा मात्र हुँदैआएको सो शल्यक्रिया नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पतालले पहिलो पटक सफल शल्यक्रिया गरेको हो ।

नेपालगञ्जका अन्य अस्पतालमा पित्तथैलीको शल्यक्रिया दूरविन प्रविधिबाट नगरिँंदा यो प्रविधिबाट शल्यक्रिया गर्न विरामीले कोहलपुर वा भारतको लखनउ जानुपथ्र्यो । अब नेपालगञ्जको निजी अस्पताल कान्ति आरोग्य अस्पतालले पनि सो शल्यक्रिया शुरु गरेकाले आफ्नै सहरमा विरामीले राम्रो उपचार पाउने कान्ती आरोग्य अस्पतालका प्रमुख कार्यकारी सन्दीप अग्रवालले बताउनुभयो ।

लम्कीचुहा नगरपालिका कैलालीका पार्वती सुनार र जानकी गाउँपालिका–५ बाँकेका राधिका यादवको दुरविन प्रविधिबाट सफल शल्यक्रिया गरेर शल्यक्रियाको शुरुवात गरिएको जनाउँदै शल्यक्रिया सफल भएको अग्रवालले बताउनुभयो ।

सो शल्यक्रिया गर्ने जनरल सर्जन डा. विजय उपाध्यायले दूरविन प्रविधिबाट अप्रेशन गर्दा बिरामीले लामो समय अस्पतालमा बस्न नपर्ने, घाउ पाक्ने डर नहुने र अप्रेशन पनि सस्तो पर्ने हुँदा यसको माग धेरै बढेको उहाँको भनाई छ । यो प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया पनि गरिने हुँदा एपेन्डिक्सका विरामीले पनि सहज उपचार पाउने आशा व्यक्त गर्नुभयो ।

नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पतालले बालरोग, जनरल फिजिसियन, जनरल सर्जरी, हाडजोेर्नी, स्त्रीरोग, चर्मरोग, न्यूरो र इएनटी.लगायतका स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख कार्यकारी अग्रवालले बताउनुभयो । पारिवारिक वातावरणमा सुलभ शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गरिरहेको जनाउँदै उहाँले विरामीको संख्या पनि दिनदिनै बढ्दै गएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?